Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • चिरीबाबु पनि एक्सनमा : लगनखेलस्थित मापदण्डविपरितको मञ्जुश्री पेट्रोल पम्प सिल

    चिरीबाबु पनि एक्सनमा : लगनखेलस्थित मापदण्डविपरितको मञ्जुश्री पेट्रोल पम्प सिल

    अनलाइन नेपाल
  • आइतबार, २६ भाद्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । काठमाडाैं महानगरका मेयर बालेन शाहलाई पच्छ्याउँदै ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन पनि एक्सनमा उत्रिएका छन् ।

    महानगरभित्र रहेका अनधिकृत संरचना हटाउने अभियान मेयर महर्जनले थालेका हुन् । साेही क्रममा आज ललितपुरको लगनखेलस्थित मञ्जुश्री पेट्रोल पम्प महानगरपालिकाले सिल गरेको छ।



    मापदण्डविपरित बनाइएको उक्त संरचना हटाउनका लागि महानगरले पटक पटक आग्रह गर्दा पनि सञ्चालकले अटेर गरेपछि आइतबार महानगरपालिकाले सिल गरेको हो।



    विगत ६ महिनादेखि आफूहरूले यो पेट्रोलपम्प मापदण्ड विपरित छ, यसलाई हटाउनू भनेर सम्झायौं। तर जति गरे पनि उहाँहरूले नमानेपछि बाध्य भएर हटाउनु परेको मेयर महर्जनले जानकारी दिए।

    पेट्रोल पम्प अति संवेदनशील भएकाले महानगरले सबै तयारी पुरा गरेर हटाएको उनले बताए। हाल तारजाली गरेर लाहा छाप लगाएर छोडेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार