Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेसलाई ७०/८० सिट जित्‍न कसैसँग गठबन्धन गर्न आवश्यक छैन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालालाई ७०/८० सिटको लागि कांग्रेसले कसैसँग गठबन्धन गर्न नपर्ने बताएका छन्।

सत्ता गठबन्धनमा सिट बाँडफाँटमा पेचिलो बन्दै गइरहेको बेलामा मोरङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सय सिटभन्दा तल लिए पार्टीमा विद्रोह हुने चेतावनी दिएका हुन्।

उनले भने, ‘गठबन्धनबाट चुनावमा जाने पार्टीको निर्णय भएपछि हामीले सय सिटभन्दा कममा उम्मेदवारी दिन मिल्दैन।

हाम्रो सभापतिजी सहितका नेताहरू सिट बाँडफाँटको काममा जुटिराख्नभएको छ। हामीलाई ७०/८० सिट जित्न गठबन्धन आवश्यक छैन।’

एकल बहुमतसहित आफ्नो पार्टी नेतृत्वको सरकार गठन गर्ने पार्टीको केन्द्रीय समितिको निर्णय भएकाले सिट बाँडफाँटमा समेत हुनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077