ठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नर्भिक अस्पतालमा उपचाररत मित नरबहादुर बलायरको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
आइतबार थापाथलीस्थित नर्भिक अस्पताल पुगेर उनले बलायरको गरी शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
माध्यमिक शिक्षासँगै लिएका देउवा र बलायरले उच्च अध्ययनका लागि काठमाडौं आएर १० वर्ष एउटै कोठामा बिताएका थिए । बिरामी बलायर पूर्वमन्त्री वीरबहादुर बलायरका जेठो दाजु हुन् ।
धनगढीका ८१ वर्षीय बलायर दुवै मिर्गौलामा समस्या भई केही दिनअघिदेखि नर्भिक अस्पतालमा उपचाररत छन्।
Leave a Reply