Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बहुमत ल्याउन कांग्रेसले १०० सिटमा उम्मेदवारी दिनुपर्छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बहुमत ल्याउन कांग्रेसले १०० वटा प्रतिनिधि सभा क्षेत्रमा उम्मेदवारी दिनुपर्ने बताएका छन्।

मोरङमा आज आयोजित एक कार्यक्रममा बोल्दै कोइरालाले यस्तो बताउका हुन् ।

कोइरालाले भने, ‘कांग्रेस एक्लैले जितेका प्रतिनिधि सभा र प्रदेश सभाका क्षेत्र हामी छाड्दैनौं भनेर मैले प्रचण्डजीलाई पनि भनिसकेको छु।’

कांग्रेस केन्द्रीय समितिले बहुमत ल्याउन सत्ता गठबन्धनसँग चुनावी तालमेल गर्ने निर्णय गरेको भन्दै कोइरालाले १०० भन्दा कम सिटमा उम्मेदवारी दिँदा बहुमत नआउने बताए।

उनले स्थिर सरकार चलाउन कांग्रेसको बहुमत आउनुपर्ने पनि बताए। कांग्रेस नेतृत्वमा अबको सरकार बनाउने र गठबन्धनमा रहेका दलहरूलाई मन्त्रीमा समावेश गर्न सकिने पनि उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077