काठमाडौं । ‘मिस ग्राण्ड नेपाल २०२२’ को ताज ऐश्वर्य श्रेष्ठले पहिरिएकी छन्।
कस्मो इभेन्ट्स र बोली क्लब ग्रुपले संयुक्त आयोजना गरेको प्रतियोगितामा १४ जनालाई उछिन्दै श्रेष्ठले ताज पहिरिएकी हुन्।
श्रेष्ठले मिस ग्राण्ड नेपाल २०२२ को ताज साथै नगद ६ लाख रुपैयाँ पुरस्कार पाइन्। नवविजेता श्रेष्ठले इन्डोनेसियाको बालीमा हुने मिस ग्राण्ड इन्टरनेशनलमा नेपालबाट सहभागीता जनाउनेछिन्। प्रतियोगितामा फ्रस्ट रन्नर अप वर्षा भण्डारी र सेकन्ड रन्नर अप रक्षा उप्रेती भए।
मिस ग्राण्ड नेपाल २०२२ को निर्णायक मण्डलमा अभिनेता अनुपविक्रम शाही, र्यापर आशिष राना (लाहुरे), मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देल, समाजसेवी छिरिङ्ग वाङ्डी, सौन्दर्य प्रतियोगिता संघ नेपालका महासचिव निशु झा, मिस ग्राण्ड नेपालका नेशनल डाइरेक्टर सुरेश तामाङ रहेका थिए।
Leave a Reply