Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • नागरिकता विधयेक रोकेको भन्दै नेविसंघद्धारा राष्ट्रपतिको पुत्ला दहन

    नागरिकता विधयेक रोकेको भन्दै नेविसंघद्धारा राष्ट्रपतिको पुत्ला दहन

    अनलाइन नेपाल
  • आइतबार, २६ भाद्र २०७९
  • 954
    SHARES

    काठमाडौं । नागरिकता विधयेक प्रमाणीकरणमा ढिला गरेको भन्दै नेपाली कांग्रेसनिकट विद्यार्थी संगठनले राष्ट्रपतिको पुत्ला दहन गरेको छ ।

    नेविसंघले आज बिहान त्रिचन्द्र क्याम्पसअगाडि राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको हो ।



    विद्यार्थीले पुत्ला दहन गर्दै नाराबाजी गरेका थिए। प्रहरीले बल प्रयोग गरेर विद्यार्थीलाई तितरबितर पारेको थियो। राष्ट्रपति भण्डारीले छिटो उक्त विधयेक प्रमाणीकरण गर्न माग गरेका छन् ।



    नागरिकता विधयेक प्रमाणीकरण गर्न दोस्रोपटक राष्ट्रपति भण्डारी समक्ष पठाइएको छ । यसअघि पहिलोपटक राष्ट्रपति समक्ष उक्त विधयेक प्रमाणीकरण गर्न पठाइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार