Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमालेमा फर्किए नेकपा एसका केन्द्रीय सदस्य चापागाईं

काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवम् रुपन्देहीका नेता बालकृष्ण चापागाईं नेकपा एमालेमा फर्किएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले चापागाईंलाई आइतवार बिहान टिका र खादा लगाएर पार्टी प्रवेश गराएका हुन् ।

एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेलले चापागाईं मातृ पार्टी एमालेमा फर्किएको भन्दै सामाजिक सञ्जाल ट्वीटरमा तस्वीर शेयर गरेर जानकारी दिएका छन् ।

यसले रुपन्देही २ दाबी गर्दै आएको नेकपा एसलाई धक्का पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077