Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • फ्रेन्च लिग वान : नेइमारको गोलमा पिएसजीको कठिन जित

    फ्रेन्च लिग वान : नेइमारको गोलमा पिएसजीको कठिन जित

    अनलाइन नेपाल
  • आइतबार, २६ भाद्र २०७९
  • 846
    SHARES

    एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा कठिन जित हात पारेको छ ।

    शनिबार राति भएको खेलमा पीएसजीले ब्रेस्टलाई १-० गोल अन्तरमा हराउँदै महत्वपूर्ण तीन अंक जोडेको हो ।



    पीएसजीको जितमा नेयमारले निर्णायक गोल गरे। उनले खेलको ३० औं मिनेटमा लियोनल मेसीको पासमा गोल गरेका थिए।



    पहिलो हाफमा १-० ले अघि रहेको पिएसजीले दोस्रो हाफमा केही राम्रा अवसर खेर फाल्दा अग्रता बढाउने मौका गुमायो।

    देलको ७० औं मिनेटमा ब्रेस्टले पेनाल्टी पाएको थियो। तर जियानलुइगी डोनारूम्माले इस्लाम स्लिमानीले प्रहार गरेको पेनाल्टी बचाउँदै अग्रता कायम राखे। यो जितसँगै पीएसजी ७ खेलमा १९ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार