काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलाका विभिन्न ठाउँमा आएको बाढीपहिरोमा परी घाइते भएका र प्रभावित भएकाहरूलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृह प्रशासनलाई निर्देशन दिएका छन् ।
गृहमन्त्री खाँणले बाढी पहिरो विस्थापितलाई तत्कालिन राहत, उद्धार र स्थानान्तरणमा कुनै कमी हुन नदिन यथाशीघ्र उद्धार गर्न निर्देशन दिएका हुन् ।
उनको निर्देशनपछि गृहसचिव टेकनारायण पाण्डे, मन्त्रालयका शान्ति सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणी पोखरेल, विपद् व्यवस्थापन महाशाखा हेर्ने सहसचिव प्रदीप कोइरालाले नेपाली सेनाको हेलिकोप्टर घटनास्थलमा पठाएका छन् ।
गृह मन्त्रालयका प्रवक्तासमेत रहेका पोखरेलले बाढी र पहिरोमा परी गम्भीर घाइते भएकाहरूलाई उद्धार गर्न कर्णाली प्रदेशको सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर घटनास्थलमा पुगेको जानकारी दिए ।
घाइते तीन जनालाई हेलिकोप्टरबाट उद्धार गरी सदरमुकामस्थित जिल्ला अस्पतालमा ल्याइएको छ ।
Leave a Reply