Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • लोकतान्त्रिक प्रक्रियामा आवधिक निर्वाचनले जनताको विश्वास बढाउँछ : प्रधानमन्त्री देउवा

    लोकतान्त्रिक प्रक्रियामा आवधिक निर्वाचनले जनताको विश्वास बढाउँछ : प्रधानमन्त्री देउवा

    अनलाइन नेपाल
  • शनिबार, २५ भाद्र २०७९
  • 858
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आवधिक निर्वाचनले लोकतान्त्रिक प्रक्रियामा जनताको विश्वास बढाउने बताएका छन् ।

    कान्तिपुर कन्क्लेभको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले निर्वाचनमा नागरिक सहभागिताले शासन प्रक्रियामा युवा र महिलाहरूको सहभागिता बढाउनुको साथै कानुनी शासनलाई समेत बलियो पार्ने बताएका हुन् ।



    उनले सरकार स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न लागिपरेको बताए ।



    भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्न गरेको र स्थानीय निर्वाचनमा युवा, महिला र विपन्न वर्गको सहभागिता बढेको भन्दै प्रधानमन्त्री देउवाले यसले लोकतान्त्रिक अभ्यासलाई गति दिएको बताए ।

    यसका साथै प्रधानमन्त्री देउवाले निर्वाचन सत्ताको शान्तिपूर्ण हस्तान्तरणको प्रक्रिया भन्दै कानुनी शासनले जनतामा प्रजातन्त्रप्रतिको विश्वास अझ बढाउने उल्लेख गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार