Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • २४ घण्टा नबित्दै पुनः पक्राउ परे शौचालयको झ्यालबाट भागेका थुनुवा

    २४ घण्टा नबित्दै पुनः पक्राउ परे शौचालयको झ्यालबाट भागेका थुनुवा

    अनलाइन नेपाल
  • शनिबार, २५ भाद्र २०७९
  • 1K
    SHARES

    दाङ । सरकारी वकिल कार्यालयको दुई तला माथिबाट हाम फालेर भागेका थुनुवा पुनः पक्राउ परेका छन् ।

    प्रहरीले म्याद थप्न लगेको बेला शौचालयको झ्यालबाट भागेका थुनुवा लक्ष्मण विश्वकर्मालाई दाङ प्रहरीले २४ घण्टा नबित्दै पुनः पक्राउ गरेको हो ।



    जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बिहीबार अपराह्न म्याद थपका लागि सरकारी वकिल कार्यालय लगेको समयमा विश्वकर्मा दुई तला माथिको शौचालयको झ्यालबाट हाम फालेर भागेका थिए ।



    उनलाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले शुक्रबार राति घोराही-१७ चौघेरामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

    घोराही उपमहानगरपालिका वडा नम्बर १७ का २२ वर्षीय विश्वकर्मा सुन र पैसा चोरीको अभियोगमा पक्राउ परेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार