Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सन्दीप लामिछानेलाई षड्यन्त्र गरेर फसाउन खोजिएको भन्दै युवाहरूद्धारा प्रदर्शन

वीरगन्ज । नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई षड्यन्त्र गरेर फसाउन खोजिएको भन्दै वीरगन्जमा प्रदर्शन गरिएको छ ।

उनका समर्थक युवाहरूले शुक्रबार अपराह्न विभिन्न नाराहरू लेखिएको प्ललेकार्ड सहित वीरगन्जमा प्रदर्शन गरेका हुन् । वीरगन्जका युवा सागर लामाको नेतृत्वमा रहेका युवाहरूले सन्दीपको पक्षमा घण्टाघरमा प्रदर्शन गरेका थिए ।

उनीहरूले प्रहरीमा सन्दीपविरुद्ध परेको बलात्कारको जाहेरीको सत्यतथ्य अनुसन्धान गर्न माग गरेका छन् । बलात्कार आरोपित सन्दीपलाई फसाउन खोजिएको र उनको चरित्र हत्या गर्न खोजिएको युवाहरूको आरोप छ ।

प्रदर्शनमा सहभागी युवाहरूले 'सन्दीपलाई फसाउन पाइँदैन, हामी युवा सन्दीपको साथमा छौ‌, नाबालिक भनिएकी पीडितलाई सार्वजनिक गर, सीसीटीभी फुटेज सार्वजनिक गर, कसैको चरित्र हत्या गर्न मिल्दैन लगायतका नारा पनि लगाएका थिए ।

नाबालिगलाई बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान लामिछानेविरुद्ध प्रहरीले बिहीबार पक्राउ पुर्जी जारी गरेको थियो । त्यस लगत्तै बसेको क्यानको बैठकले उनलाई निलम्बन गरेको हो ।

गत मंगलबार १७ वर्षीया एक नाबालिग किशोरीले लामिछानेविरुद्ध जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077