काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको प्रधानमन्त्री विदेशीहरूको योजनामा बनाइने गरेको आरोप लगाएका छन् ।
शुक्रवार विश्व ॐ कार एकता महाअभियानको आयोजनामा काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले सो कुरा बताएका हुन् ।
उनले नेपालको प्रधानमन्त्री विदेशीहरूको चासो र योजनामा बनाइने गरेको बताए । नेपालको विषयमा निर्णय गर्ने कुरा विदेशीहरूको हातमा रहेको उनको भनाई छ ।
उनले मन्त्रीहरू को बनाउने र आउँदो चुनावमा कुन पार्टीलाई जिताउने भन्ने कुरामा पनि विदेशीहरूको चासोको विषय हुने गरेको जिकिर गरे ।