पोखरा । स्कुटरको लाइसेन्स बनाउन अर्काको ट्रायल दिएको आरोपमा दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मकवानपुर घर भई पोखरा ८ सभागृह चोक बस्ने वर्ष २६ की निर्मला विश्वकर्मा र तनहुँ घर भइ पोखरा १७ बस्ने निरा रानाभाट रहेका छन् ।
रानाभाटले तनहुँको भानु-२ कि मञ्जु पाण्डेको सट्टामा नक्कली परीक्षार्थी बनेर ट्रायल दिन विश्वकर्मालाई पठाएको प्रहरीले जनाएको छ ।
उनीहरू दुवै जनामाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।
Leave a Reply