काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जिम्मेवार सोच एवं भरोसा गर्न सकिने संकल्प र अठोटको प्रधानता सहितको घोषणापत्र आउने बताएका छन् ।
१०९ औं वीपी जयन्तीको अवसरमा सुन्दरीजलमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् । बदलिएको समयको अपेक्षालाई सम्बोधन गर्ने गरि चुनावी घोषणापत्र सार्वजनिक गरिने महामन्त्री शर्माले बताए ।
कांग्रेसको घोषणापत्रमा सस्तो लोकप्रियताको भ्रम नहुने पार्टीको चुनावी घोषणापत्र तयारी समितिका संयोजक समेत रहेका शर्माले जानकारी गराए । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ५ वर्षमा गर्न सकिने कुरामात्रै सोच्न, लेख्न र पुरा गर्नतिर लाग्नुपर्ने बताए ।
शिक्षाबाट वञ्चित, विद्यार्थीको ड्रप आउट, उच्च शिक्षा लिएर पनि बेरोजगार बस्नुपर्ने बाध्यता लगायतका समस्या समाधान गर्ने विकल्प सहितको घोषणापत्र सार्वजनिक गरिने शर्माले बताए ।
५ वर्षको सरकारको कुरा नभई १५ वर्षको सपनामा नेपाललाई लैजानुपर्ने शर्माको तर्क थियो ।