Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मंसिर ४ पछि एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेलले आगामी मंसिर ४ गतेपछि पुन एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।

काठमाडौंमा शुक्रवार आयोजित एक कार्यक्रममा उनले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गरेका हुन् ।

उनले राष्ट्रिय विकास र समृद्धिको योजनामा पार्टी केन्द्रित हुने र नक्कली कुरा गरेर खेतका गह्रा–गह्रामा सुरुङ खन्ने काम नगर्ने बताए ।

पोखरेलले नक्कली कुरा गरेर सत्ता स्वार्थमा डुब्न नचाहने पनि बताए । रणनीतिक महत्वका सडकहरू केपी ओलीको नेतृत्वमा शुरु भएको भन्दै अहिलेको सरकारले किन कटौती गरेको भन्ने प्रश्न गरे ।

उनले मुलुकमा राजनीतिक स्थायित्व नभए आर्थिक विकास र समृद्धि हुन नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077