Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शंकर पोखरेल भन्छन् - वैवाहिक अंगीकृतमा प्रचण्डले आफ्नो दृष्टिकोण बदल्नु रहस्यमय छ

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैवाहिक अंगीकृत नागरिकताका विषयमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो दृष्टिकोण बदल्नु रहस्यमय भएको बताएका छन् ।

शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

उनले तत्कालिन नेकपा विभाजन नहुँदा प्रचण्ड पनि वैवाहिक अंगीकृत नागरिकतामा ७ वर्षे प्रावधानको पक्षमा रहेको बताए ।

पोखरेलले भने , ‘उहाँले नेकपाको समयमा वैवाहिक अंगीकृतका हकमा भारतमा जे प्रोभिजन छ नेपालमा त्यही राख्नु उचित हुन्छ भनेर निर्देशन दिनुभयो,

राज्य व्यवस्था समितिका सदस्यहरुलाई बोलाएर । आज यो दृष्टिकोणबाट उहाँ बाहिर किन जानुभयो ? यसको जवाफ उहाँ स्वयंले दिनुपर्ने हो ।’

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएर राष्ट्रपतिसमक्ष पेश भएको नागरिकता विधेयकमा वैवाहिक अंगीकृत नागरिकता लिनका लागि समय तोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077