काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई रुपान्तरण गरेर नवीन बनाउनुपर्ने आवश्यक्ता रहेको बताएका छन् ।
शुक्रबार सुन्दरीजलमा नेपाली कांग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०९औँ जन्मजयन्तीलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।
शर्माले ७० वर्षदेखि एउटा धारामा बगेको कांग्रेसलाई निरन्तरतामा नवीनता थपेर अघि बढाउन आवश्यक रहेको बताए ।
विगतका कमी कमजोरीलाई आत्मालोचना गरी रुपान्तरित काँग्रेस बनाउनका लागि चालिएका कदमको समीक्षा गर्न आवश्यक भएको उनको भनाइ छ ।
पाँच वर्षको सरकारको कुरा नभइ १५ वर्षको सपनामा नेपाललाई लैजानुपर्ने उनले बताए । उनले सबै पक्षलाई समेटर घोषणापत्र बनाउने बताए ।