Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाली सेनाले माग्यो चार हजार पदमा कर्मचारी [विज्ञापनसहित]

काठमाडौं । नेपाली सेनाले स्वीकृत दरबन्दीभित्र रिक्त पदमा दरखास्त आह्वान गरेको छ ।

भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले चार हजार रिक्त पदमा आवेदन माग गरेको हो । देशभरका २८ ठाउँका लागि दरखास्त आह्वान गरिएको छ ।

खुलातर्फ दुई हजार ८८ र बाँकी समावेशीतर्फ गरेर चार हजार पदमा आवेदन माग गरिएको सेनाले जनाएको छ ।

आजबाट असोज २३ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर शुल्क तिरेर थप एकहप्ता आवेदन दिने व्यवस्था मिलाइएको जंगी अड्डाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077