Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • कार्यदलले सिट संख्या बाँडफाँट नगरी शीर्ष नेतालाई बुझायो प्रतिवेदन

    कार्यदलले सिट संख्या बाँडफाँट नगरी शीर्ष नेतालाई बुझायो प्रतिवेदन

    अनलाइन नेपाल
  • बिहिबार, २३ भाद्र २०७९
  • 891
    SHARES

    काठमाडौं । पाँच दलीय गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलले शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाएको छ ।

    बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेतासहितको कार्यदलको बैठकमा संयोजक कृष्ण सिटौलाले प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।



    कार्यदलका सदस्य एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सिट संख्या भने शीर्ष नेताहरूले नै टुंग्याउने गरी प्रतिवेदन बुझाइएको हो ।



    कार्यदलले सिटबारे सहमति जुटेको क्षेत्र र नजुटेको क्षेत्रसमेत समेटेर प्रतिवेदन तयार गरी बुझाएको बताइएको छ । सो प्रतिवेदन शीर्ष नेतृत्वबाट थप अध्ययन गरेर सिट बागबण्डाबारे टुंगो लगाउने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार