Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • निरंकुशता लाद्न खोजेको भन्दै मिडिया विधेयकको समाजवादी प्रेस संगठनद्धारा विरोध

    निरंकुशता लाद्न खोजेको भन्दै मिडिया विधेयकको समाजवादी प्रेस संगठनद्धारा विरोध

    अनलाइन नेपाल
  • बिहिबार, २३ भाद्र २०७९
  • 2.1K
    SHARES

    काठमाडौं । मिडिया विरोधी विधेयकको गठनबन्धकै दलहरुले ब्यापक विरोध गरेपछि संसदीय समितिमा पुगेको छ । सञ्चार मन्त्रालयले जबर्जस्त पेस गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयक प्रेस विरोधी र निरंकुशता ल्याउने खालको भन्दै नेकपा एकिकृत समाजवादी र नेकपा माओवादी केन्द्र दुवैले चर्को विरोध गरेका हुन् ।

    माधव नेपाल नेतृत्वको एकिकृत समाजवादी निकट सञ्चार संस्था समाजवादी प्रेस संगठन नेपालले मिडिया काउन्सिल विधेयकमार्फत नेपाल सरकार निरंकुश बन्न खोजेको भन्दै विज्ञप्ति निकालेर विरोध जनाएको छ ।



    हाल प्रतिनिधिसभामा पेस गरिएको विधेयकले नेपाललाई विश्वमै स्वतन्त्र प्रेस विरोधी देशका रूपमा चिनिनु का साथै काउन्सिल गठन विधिलाई हेर्दा सरकार थप निरंकुश हुन खोजेको देखिएको संगठनले गम्भीर आरोप लगाएको छ ।



    संगठनका अध्यक्ष शम्भु श्रेष्ठद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘विश्वव्यापी मान्यता विपरीत ल्याउन खोजिएको यो विधेयकले नेपाल विश्वमै स्वतन्त्र प्रेस विरोधी देशका रूपमा चिनिनुका साथै काउन्सिल गठन विधिलाई हेर्दा सरकार थप निरंकुश हुन खोजेको प्रस्टै छ ।’

    नेपाली सञ्चारमाध्यम र सांसदहरूका सुझावहरू समेतलाई बेवास्ता गर्दै हतार हतार सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेयक पास गर्न दबाब बढाउनु स्वतन्त्र प्रेसको घाँटी निमोठ्नु रहेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमार्फत संगठनले विधेयक ल्याएर सरकारले प्रेसमाथि अंकुश लगाउन खोजेको भन्दै भत्र्सना गरेको छ ।

    ‘पत्रकारिता क्षेत्रलाई थप जिम्मेवार बनाउँदै सरकार र प्रेस जगत बीचको पुलको काम गर्नुपर्ने मिडिया काउन्सिललाई यस विधेयकले अर्धन्यायिक अधिकार प्रदान गर्नु प्रेसमाथि अङ्कुश लगाउनु हो । समाचार सम्प्रेषण गरेबापत दण्ड, सजाय, दर्ता खारेजीदेखि क्षतिपूर्तिसम्मका बुँदाहरू संविधानविपरीत कुरा हुन् । यस्ता स्वतन्त्र प्रेस विरोधी विधेयकको समाजवादी प्रेस सङ्गठन नेपाल घोर विरोध, निन्दा र भत्र्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार