Online Nepal
  • बुधबार, १७ पुष २०८१
  • देशका केही ठाउँमा ठूलो पानी पर्दै, अब केहि दिन लगातार वर्षाको सम्भावना

    देशका केही ठाउँमा ठूलो पानी पर्दै, अब केहि दिन लगातार वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • बिहिबार, २३ भाद्र २०७९
  • 1.7K
    SHARES

    काठमाण्डौ । अहिले काठमाण्डौसहित बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी परिरहेको छ ।

    सिन्धुपाल्चोकको चौतारा, काभ्रेको पाँचखाल, खोपासी र आसपासको क्षेत्र, ललितपुरको गोदावरी र गण्डकी प्रदेशको केही ठाउँमा ठूलो पानी परिरहेको मौसमविद् विनु महर्जनले जानकारी दिए ।



    भारतको हिमाञ्चल प्रदेशबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण आज राति पनि बाग्मती प्रदेश, प्रदेश १ र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।



    जलवाष्पयुक्त हावाको प्रभावका कारण आज र भोलि मध्य र पूर्वी क्षेत्रमा धेरै पानी पर्ने सम्भावना छ भने पर्सि शनिवारदेखि भने सुदूरपश्चिम क्षेत्रमा पानी पर्ने सम्भावना रहेको छ ।

    यसैबीच देशका केही नदी तथा खोलामा पानीको बहाव बढ्दो क्रममा रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार