काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी-ट्वान्टी लिग खेल्ने बाँकी दुई टिम घोषणा गरेको छ ।
बिहीबार पत्रकार सम्मेलन गर्दै क्यानले पोखरा एभेन्चर्स र फार वेस्टर्न युनाइटेडलाई सार्वजनिक गरेको हो ।
फार वेस्टर्न युनाइटेड टिम युनाइटेड किन्डमको टिम भएको क्यानले जनाएको छ । जसको मालिक एसएस इभेन्ट एन्ड भेन्चर्स रहेको छ । त्यस्तै पोखरा युनाइटेडको मालिक पोस्टराज ज्ञवाली छन् ।
क्यानले यसअघि नै ४ वटा टिमको नाम र मालिकको घोषणा गरिसकेको छ। जसमा कान्तिपुर क्यापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स र जनकपुर रोयल्स रहेका छन्।
Leave a Reply