Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • टिकटक बन्द हुनुपर्ने मागसहित मधेशका युवाहरुद्वारा मुख्यमन्त्रीलाई ज्ञापनपत्र

    टिकटक बन्द हुनुपर्ने मागसहित मधेशका युवाहरुद्वारा मुख्यमन्त्रीलाई ज्ञापनपत्र

    अनलाइन नेपाल
  • बिहिबार, २३ भाद्र २०७९
  • 966
    SHARES

    जनकपुरधाम । नेपालमा टिकटक एप बन्द गर्नुपर्ने माग राखेर युवाहरुले आज मधेसको राजधानी जनकपुरधाममा प्रदर्शन गरेका छन् ।

    जनकपुरधामको विभिन्न भागमा प्रदर्शनपछि युवाहरुको समूह मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्र बुझाउन मधेस भवन पुगेका थिए । तर मुख्यमन्त्री राउत कार्यालयमा नभेटेपछि कर्मचारीलाई ज्ञापन पत्र बुझाएको छ ।



    ‘टिकटकका कारण मधेसका चेलीबेटीहरु शारीरिक शोषणका सिकार हुने गरेको र यहाँका युवतीहरु आर्थिक प्रभावमा परेर आफ्नो गोप्य अंग देखाउने गरेकाले समाजमा विकृति बढेको भन्दै टिकटक बन्द गराउनुपर्ने युवाहरुको भनाई छ ‌‌।



    कला प्रदर्शनीको बहानामा अश्लीलता, अभद्रता फैलिने क्रियाकलाप दिनानुदिन बढ्दै गइरहेको हुनाले नेपालमा टिकटकलाई प्रतिबन्ध लगाउनुपर्ने मुख्यमंत्री राउतलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।

    टिकटक बन्द गराउन युवाहरुले संघर्ष समिति नै बनाएको छ । समितिको केन्द्रीय संयोजक सुमन चौधरी छन् । उनले मधेसका जिल्लाहरुमा टिकटक बन्द संघर्ष समिति बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार