Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सन्दीपको विषयमा आइसिसीको चासो

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेमाथि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले चासो देखाएको छ ।

लामिछानेमाथि नाबालिग करणी गरेको आरोप लागेपछि (आइसिसी)ले चासो देखाएको हो ।

क्रिकेट संघका सचिव प्रशान्त विक्रम मल्लका अनुसार यो जाहेरीबारे सन्दीपसँग कुराकानी भएको बताए।

‘आईसीसीले के हुनसक्छ यो केसमा भनेर चासो राखेको छ’, आफूले सबै जानकारी दिएको भन्दै सचिव मल्लले भने, ‘रेप केसमा गएको भनेपछि उनीहरु सिरियस भएका छन् ।’

सचिव मल्लका अनुसार आईसीसीले  सन्दीपविरुद्ध परेको जाहेरीबारे चासो राखेको बताए । १७ वर्षीया नाबालिकाले मंगलबार सन्दीपविरुद्ध महानगरीय प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077