जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (कास)मा कार्यरत डाक्टर करण शाह भदौ २ मा कुटिए । प्रतिष्ठानकै कर्मचारी धनबहादुर शाहीले उनीमाथि कुटपिट गरेका हुन् ।
जसले कुटाई खाए तिनै चिकित्सक विरुद्ध प्रहरीको अनुरोधमा जिल्ला अदालतले पक्राउ अनुमति दिएको छ । डा.शाह विरुद्ध बाल हिंसा गरेको आरोपमा पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
बालक पृथकविक्रम शाहीलाई उपेक्षित एवं भेदभावपूर्ण व्यवहार गरेको आरोपमा उनीविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ ।
एसिया इन्टरनेशलन मोडेल इङ्लिस स्कुल जुम्लामा युकेजीमा अध्ययनरत चन्दननाथ नगरपालिका–२ जुम्लाका ३ वर्षीय बालक शाहीको उपचारको क्रममा उनले हिंसा गरेको परिवारको आरोप छ ।
बालककी आमा आशा हमालले चिकित्सक विरुद्ध भदौ १३ मा प्रहरीमा जाहेरी दिएकी हुन् । शाह विरुद्ध पक्राउ अनुमति जारी भएपछि कासमा कार्यरत चिकित्सक सहित ६० जना कर्मचारीले सामूहिक राजीनामा बुझाएका छन् ।
Leave a Reply