Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेसको एकल बहुमत पुग्ने गरी तालमेल गर्नुपर्छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसको एकल बहुमत पुग्ने गरी तालमेल गर्नु पर्ने बताएका छन् ।

वीपी जयन्तीका अवसरमा नेपाल प्रेस युनियन केन्द्रीय समितिले जनकपुरधाममा गरेको विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।

चुनावी तालमेल गर्ने भन्ने उल्लेख रहेको भन्दै उनले त्यसका लागि कांग्रेसले कम्तिमा पनि १०० सट लिनु पर्ने बताए । कोइरालाले भने, ‘तालमेल मात्रै होइन कांग्रेसको बहुमत हुने कुरा पनि हाम्रालाई महत्त्वपूर्ण हो ।

अहिले कांग्रेसलाई चुनाव जिताउनुपर्ने रहेको भन्दै चुनाव जित्न सक्ने नेतालाई बिना भेदभाव टिकट दिनुपर्छ।’

उनले नेकपा एमालेले संविधान असफल बनाउन खोजेकाले विचार नमिल्ने दलहरुसँग गठबन्धन गर्नु पर्ने बाध्यता आइपरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077