Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • मुगु पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

    मुगु पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

    अनलाइन नेपाल
  • बिहिबार, २३ भाद्र २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । ‘स्थानीय स्रोतको उपयोग स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ कर्णाली प्रदेशको मुगुलाई बुधबार एक कार्यक्रमबीच पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।

    स्थानीय तह र वडासँगको समन्वयमा घरधुरी सर्वेक्षण गरी प्राप्त प्रतिवेदनको आधारमा जिल्लालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको जिल्ला खोप समन्वय समितिका सचिव एवं स्वास्थ्य कार्यालयका प्रमुख उमेश गौतमले बताए।



    जिल्लाका छायानाथ रारा नगरपालिका, सोरु गाउँपालिका, खत्याड गाउँपालिका र मुगु मकार्मा रोङ्ग गाउँपालिकालाई यसअघि पूर्णखोप सुनिश्चितता घोषणा गरिएकाले सोही आधारमा जिल्लालाई पनि घोषणा गरिएको उनको भनाइ छ ।



    घोषणा कार्यक्रममा छायानाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भाम, सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही, मुगु मकार्मा रोङ्ग गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामालगायत सहभागी थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार