Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसी सेनाले नियन्त्रण लिएका खार्किभ क्षेत्रका धेरै बस्ती फिर्ता गरेको युक्रेनको दाबी

एजेन्सी । आफ्ना सेनाले रुसी सेनाले नियन्त्रणमा लिएका देशको उत्तरपूर्वी खार्किभ क्षेत्रमा धेरै बस्तीहरू फिर्ता गरेको युक्रेनले दाबी गरेको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस साता हामीलाई खार्किभ क्षेत्रबाट शुभ समाचार आएको बताए ।

जेलेन्स्कीले आफ्नो दैनिक सम्बोधनमा भने, ‘अहिले युक्रेनी भू–भाग फिर्ता भएको ती बस्तीहरूलाई नाम दिने सही समय होइन ।’ पछिल्ला दिनमा खार्किभ क्षेत्रमा युक्रेनी सेनाले एकपछि अर्को सफलता प्रदर्शन गरेको पर्यवेक्षकहरूले जनाएका छन् ।

युक्रेनले गत हप्तादेखि देशको दक्षिणी भागमा प्रतिआक्रमण गरिरहेको छ, जहाँ उसले धेरै गाउँहरू पुनः कब्जा गरेको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077