Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • आरोप पुष्टि भए सन्दीपलाई १० देखि १२ वर्ष कैद, प्रमाण खोज्दै प्रहरी

    आरोप पुष्टि भए सन्दीपलाई १० देखि १२ वर्ष कैद, प्रमाण खोज्दै प्रहरी

    अनलाइन नेपाल
  • बिहिबार, २३ भाद्र २०७९
  • 804
    SHARES

    काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार आरोप लागेपछि नेपाल प्रहरी प्रमाण संकलनतिर लागेको छ ।

    लामिछानेविरुद्ध काठमाडौं गौशाला प्रहरी वृत्तमा एक किशोरीले मंगलबार बलात्कारविरुद्ध जाहेरी दिएकी थिइन् । यसपछि प्रहरी परिसर काठमाडौंले उनीमाथि लागेको आरोप पुष्टि हुने प्रमाण खोजी थालेको हो ।



    ‘गत ५ भदौ राति सन्दीपले बलात्कार गरेको’ भन्दै १७ वर्षीया किशोरीले मंगलबार प्रहरीमा जाहेरी दिएकी हुन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी भरत बोहरा ‘लामिछानेमाथि बलात्कारको जाहेरी परेपछि उनी बसेको भनिएका नगरकोट र काठमाडौंका होटलका सीसीटीभी फुटेज संकलन गरेको,’ बताउँछन् ।



    ‘हाम्रो टोलीले लामिछानेमाथि परेको जाहेरी अनुसन्धान थालिसकेको छ, उनी बसेको भनिएको नगरकोट र काठमाडौंका होटलको सीसीटीभी फुटेज संकलन लिएका छौं, अन्य आवश्यक प्रमाण खोजी भइरहेको छ,’ काठमाडौं प्रहरी प्रमुख बोहोराले भने ।

    प्रहरीले सीसीटीभी फुटेज संकलन क्रममा काठमाडौं र नगरकोटका होटल सञ्चालकसँग सोधपुछसमेत गर्दै होटल दर्ताको प्रमाण पनि मागेको छ । स्रोतका अनुसार दुवै ठाउँका होटल पुगेको सीसीटिभीबाट पनि पुष्टि भइसकेको छ ।

    गत ५ भदौ राति पिंगलास्थानस्थित होटलमा ३०५ नम्बरको कोठामा बसेको र बिहान त्यहाँबाट निस्किएको फुटेजमा देखिएको छ ।

    होटल काठमाडौं इनमा लामिछाने ती युवतीसहित राति ११ बजेर ५५ मिनेट जाँदा पुगेका थिए । उनीहरू बिहान साढे ६ बजेतिर त्यहाँबाट फर्किएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार