काठमाडौं । नेपाल सरकारले वर्तमान मन्त्रिपरिषद्का सदस्यहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरेको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ ।
भदौ १७ र २१ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो निर्णय भएको बताएका हुन् ।
सञ्चारमन्त्री कार्कीले भदौ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले वर्तमान मन्त्रिपरिषदका सदस्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरेको सम्पत्ति विवरण सार्वजनिक गर्ने र मन्त्रिपरिषद्, विधेयक समितिबाट पेश भएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृत दिने निर्णय भएको बताए ।
यसैगरी, भदौ २१ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २६ वटा निर्णय गरेको छ।