Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • मिडिया काउन्सिल विधेयक छलफलका लागि संसदीय समितिमा

    मिडिया काउन्सिल विधेयक छलफलका लागि संसदीय समितिमा

    अनलाइन नेपाल
  • बुधबार, २२ भाद्र २०७९
  • 879
    SHARES

    काठमाडौं । नेपाल मिडिया काउन्सिल विधेयक-२०७६ लाई दफावार छलफलका लागि संसदीय समितिमा पठाइएको छ । उक्त प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।

    प्रतिनिधिसभाको बुधबारको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रियसभाको सन्देशसहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।



    उक्त प्रस्ताव निर्णयार्थ पेश गर्नुअघि सांसद प्रेम सुवालले बैठकको गणपुरक सङ्ख्या नपुगेको भन्दै नियमापत्ति जनाएका थिए।



    त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले गणपुरक सङ्ख्या यकिन गर्न निर्देशन दिएका थिए। गणपुरक सङ्ख्या पुगेपछि प्रस्ताव निर्णयार्थ प्रस्तुत भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार