Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेसको चुनावी घोषणापत्र तयारी समितिको संयोजकमा महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन घोषणापत्र तयारी समितिको संयोजकमा पार्टीका महामन्त्री विश्वप्रकाश शर्मालाई मनोनयन गरेको छ।

पार्टी सभापति शेरबहादुर देउवाले महामन्त्री शर्मालाई चुनावी घोषणापत्र तयारी समितिको संयोजक तोकेका हुन् ।

शर्मा संयोजक रहेको समितिले प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि पार्टीको घोषणापत्र तयारी गर्नेछ ।

स्थानीय तहको निर्वाचनको घोषणापत्रको जिम्मेवारी भने अर्का महामन्त्री गगन थापाले पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077