Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सिनामंगलको होटलमा ७ घन्टा बसेका थिए सन्दीप र पीडित किशोरी

काठमाडौं । नाबालिग किशोरीलाई बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने र पीडित किशोरी काठमाडौंको होटलमा करिब सात घन्टा बसेको खुलेको छ।

भदौ ५ गते राती सन्दीप र ती किशोरी राति ११:५५ मा होटल पसेको देखिएको प्रहरी स्रोतले जनाउको छ । मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेसँगै प्रहरीले प्रमाणहरू संकलन सुरु गरिसकेको छ ।

प्रमाणस्वरूप प्रहरीले काठमाडौं ९ सिनामंगलस्थित उनीहरू बसेको होटलको सिसिटिभी फुटेज पनि संकलन गरेको छ। प्रहरीले उनीहरू कोठा नम्बर ३०५ मा बसेको जनाएको छ।

सीसीटीभि फुटेजमा उनिहरु करिब सात घण्टा होटलमा बसेर भदौ ६ गते बिहान फर्किएको देखिएको पनि प्रहरीले जनाएको छ । सन्दीपले आफूमाथि मध्यराती साढे १२ बजे पटक पटक बलात्कार गरेको भन्दै युवतिले प्रहरीमा उजुरी दिएकी थिईन् ।

घटना हुनुअघि सन्दीप र किशोरी भक्तपुरको नगरकोट पनि गएको जाहेरीमा उल्लेख गरेकी छन्। त्यहाँको पनि सिसिटिभी फुटेज संकलन गर्न प्रहरी खटिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077