काठमाडौं । अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामाथिको सुनुवाइका लागि जिल्ला अदालत तनहुँले असोज २ गतेलाई पेसी तोकेको छ ।
अदालतका श्रेष्तेदार मीनबहादुर कुँवरले मुद्दामा असोज २ गते सुनुवाइ हुने जानकारी दिए ।
नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका अभिनेता शाहको मुद्दामा यसअघि १५ भदौमा सुनुवाई हुने भनिएको थियो । तर त्यस दिन न्यायाधीश केसी अनुपस्थित भएकाले सुनुवाइ हुन सकेन ।
नवलपुरले उनलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुर्व्यवहारको अभियोगमा साढे २ वर्षको कैद सजाय तोकेको छ ।
Leave a Reply