Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • जिल्ला अदालतको फैसलाविरुद्ध उच्चमा पुनरावेदन दिदै पल शाह

    जिल्ला अदालतको फैसलाविरुद्ध उच्चमा पुनरावेदन दिदै पल शाह

    अनलाइन नेपाल
  • बुधबार, २२ भाद्र २०७९
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । जिल्ला अदालत नवलपरासीले अढाइ वर्षको जेल सजाय सुनाएपछि अभिनेता पल शाह पुनरावेदनमा जाने भएका छन् ।

    अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै उनको तर्फबाट पोखरा उच्च अदालतमा पुनरावेदन गर्ने तयारी भएको हो ।



    नाबालिकामाथि बलात्कारको मुद्दामा मंगलबार नवलपुर जिल्ला अदालतले पललाई सफाइ दिए पनि बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिना कैद, २५ हजार जरिवाना र १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो ।



    उक्त फैसलामा आफूहरु सन्तुष्ट नरहेको पल शाहका वकिल कमलामोहन वाग्लेले बताए ।

    पीडित भनिएकी नाबालिगले पनि आफूमाथि कुनै यौन हिंसा नभएको भन्दाभन्दै अदालतले गरेको फैसलाले निजको छविमा दाग लाग्ने अवस्था आएको पनि उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार