Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सन्दीप लामिछाने बसेको होटलबाट सिसिक्यामेरा फुटेज संकलन गर्दै प्रहरी

काठमाडौं । १७ वर्षीया नाबालिगलाई बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने बसेका दुइटा होटलको सिसिक्यामेरा फुटेज संकलन गर्न प्रहरीले सुरू गरेको छ।

गत भदौ ५ गते लामिछानेले सिनामंगलस्थित एक होटलमा लगेर ती किशोरीमाथि पटक-पटक बलात्कार गरेको जाहेरी प्रहरीमा मंगलबार परेको थियो।

जाहेरी दर्ता गरी किशोरीको स्वास्थ्य परीक्षण तथा घटनाबारे थप अनुसन्धान गर्ने काम प्रहरीले अघि बढाएको हो।

ती किशोरीसँग लामिछाने गत भदौ ५ गते भक्तपुर घुम्न गएका थिए। सोही रात आफूमाथि लामिछानेले बलात्कार गरेको जाहेरीमा किशोरीले उल्लेख गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077