Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सन्दीप लामिछानेको विषयमा छलफल गर्न क्यानको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेसँगै नेपाल क्रिकेट संघ (क्यान)ले आकस्मिक बैठक बोलाएको छ।

सन्दीपका विषयमा समाचारहरु बाहिरिएपछि आजै बैठक बसेर यसबारे निर्णय लिने तयारीमा रहेको क्यानले जनाएको छ।

सन्दीपविरुद्ध १७ वर्षीय नाबालिगले बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी दिएकी हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सो घटनाको सुक्ष्म अनुसन्धान अघि बढाएको छ। सो बारेमा छलफल गर्न क्यानको बैठक बस्न लागिएको हो।

आरोप प्रमाणित नभएसम्म उनलाई दोषी ठहर गर्न नमिल्ने भए पनि नेपाल क्रिकेट संघ (क्यान) ले उनको कप्तानी तत्काललाई ‘निलम्बन’ मा राख्न सक्छ । क्यानका अध्यक्ष चतुरबहादुर संघले बसेर यस विषयमा निर्णय लिने बताए ।

क्यानले गत वर्षको मंसिरमा सन्दीपलाई राष्ट्रिय टिमको कप्तान नियुक्त गरेको थियो । ज्ञानेन्द्र मल्लसहितका चार खेलाडीहरु अनुशासन उल्लंघनको आरोपमा कारवाहीमा परेपछि सन्दीपले कम उमेरमा राष्ट्रिय टिमको बागडोर पाएका हुन् ।

केन्यामा जारी क्रिकेट सिरिज छोडेर सन्दीप क्यारेवियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज पुगेका थिए । सीपीएलमा उनी जमैका तल्लाजवजमा आवद्ध छन् । सन्दीपले यसअघि सीपीएलका तीन संस्करण खेलिसकेका छन् ।

आरोप प्रमाणित भएको खण्डमा १२ वर्षसम्म जेल सजाय काट्नुपर्ने हुन सक्छ । त्यो भनेको उनको करिअरकै समाप्ती हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077