एजेन्सी । आयरल्यान्डको नियामक निकायले एक अनुसन्धानमा किशोर–किशोरीहरूको व्यक्तिगत जानकारी दुरुपयोग गरेको पाएपछि सामाजिक सञ्जाल इन्स्टाग्रामलाई जरिवाना तिराउने निर्णय गरेको छ ।
इन्स्टाग्रामले युरोपियन युनियनको तथ्यांकसम्बन्धी गोपनीयताको मापदण्ड उल्लंघन गरेको आरोपमा आयरल्यान्डले ४० करोड २० लाख डलर जरिवाना तिराउन लागेको हो ।
आयरल्यान्डका नियामकले गत हप्ता नै जरिवाना तिराउने निर्णय गरे पनि सार्वजनिक भने गरिसकेको थिएन ।
इन्स्टाग्रामको मातृ कम्पनी मेटाले भने यो निर्णयविरुद्ध पुनरावेदन गर्ने जनाएको छ ।
Leave a Reply