Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सन्दीप लामिछाने प्रकरणमा प्रहरीले भन्यो – संवेदनशील भएर सूक्ष्म अध्ययन हुँदैछ

काठमाडौं । नाबालिग बलात्कारको आरोपसहित नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान सन्दीप लामिछानेविरुद्ध परेको किटानी जाहेरीका सम्बन्धमा सूक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जाहेरीका सम्बन्धमा जानकारी गराउँदै प्रहरीले जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले घटनाको सूक्ष्म अनुसन्धान गरिरहेको छ ।

राष्ट्रिय क्रिक्रेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध मंगलबार जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी परेको छ ।

जाहेरीमा १७ वर्षीया बालिकालाई लामिछानेले २०७९ भदौ ६ गते राति काठमाडौंको एक होटलको कोठा नम्बर ३०५ मा लगी पटक-पटक जबरजस्ती करणी गरेको उल्लेख छ ।

काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा लगी होटलमा ल्याएर मध्यरातमा जबरजस्ती गरेको विवरण जाहेरीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077