झापा । झापामा पूजाको प्रसाद खाँदा करिब ३५ जना बिरामी परेका छन् ।
जिल्लाको मेचीनगर नगरपालिका-६ स्थित मिश्र डाँडाको एउटा घरमा पूजाको प्रसाद खाँदा करिब ३५ जना बिरामी परेका हुन् ।
काँकडभिट्टा खानेपानी कार्यालय छेउको मिश्र डाँडाका जनम थापामगरको घरमा आइतबार भीम मगरको एक वर्षको बर्खान्त सकेर सोमबार पूजा लगाइएको थियो ।
पूजाको प्रसाद खाएका करिब ३५ जना आफन्त र छिमेकी मंगलबार बिहानदेखि बिरामी परेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।
मगरको परिवारले वार्षिकीमा आफन्त र छिमेकीलाई प्रसाद खान बोलाएको बताइएको छ ।
Leave a Reply