Online Nepal
  • बुधबार, १० पुष २०८१
  • सिट बाँडफाँटमा भएको सहमति आज सार्वजनिक गर्दै कार्यदल

    सिट बाँडफाँटमा भएको सहमति आज सार्वजनिक गर्दै कार्यदल

    अनलाइन नेपाल
  • बुधबार, २२ भाद्र २०७९
  • 894
    SHARES

    काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक आज पनि बस्ने भएको छ । बैठक साँझ ५ बजे बिालुवाटारमा बस्न लागेको हो ।

    गठबन्धनको सिट बाँडफाँट कार्यदल बैठकले गरेको सहमति आज सार्वजनिक गर्ने तयारी छ । सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूहरूबीच सहमति भइसकेको र त्यसलाई लिपिबद्ध गर्न मात्र बाँकी रहेकोले बुधबार बस्ने कार्यदलको बैठकले प्रतिवेदन नै तयार पार्ने बताएका छन् ।



    प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ८६ सिटमा र बाँकी सिट अन्य दलहरुले पाउने गरी सहमति जुटाइएको बताइन्छ । कांग्रेसले १०० सिटमा दाबी गर्दै आएको थियो ।



    कांग्रेसको संस्थापन इतरपक्ष ९० सिटभन्दा तल नझर्ने अडानमा थियो । तर, केहीदिन अघि पार्टी सभापति शेरबहादुर देउवाले ८६ सिटमा चित्त बुझाउन कार्यदलका सदस्यहरूलाई निर्देशन दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार