Online Nepal
  • बुधबार, २४ पुष २०८१
  • नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा तीनजना पक्राउ

    नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा तीनजना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २१ भाद्र २०७९
  • 912
    SHARES

    काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा तीनजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-९ बत्तिसपुतलीका तीन फोटो स्टुडियो सञ्चालकलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार मोरङ घर भई गौशाला बस्‍ने एभिआइ फोटो स्टुडियोका चबुरलाल चौधरी, सिन्धुली घर भई बानेश्वर बस्ने एमए जनरल फोटो स्टुडियोकी सुमित्रा कोइराला र आरएन फोटो स्टुडियोकी फुल्हमु तामाङ पक्राउ परेका छन् ।



    उनीहरूले स्टुडियोमा एसएलसी, प्लस टु लगायतको शैक्षिक प्रमाणपत्र बनाउने गरेको आरोप छ । उनीहरुले बिशेष गरी ५ सय देखि १ हजार सम्म लिएर खाडी मुलुकमा बैदेशिक रोजगारका लागि जाने व्यक्तिहरुलाई नक्कली शैक्षिक प्रमाण पत्र बनाई दिने गरेको अनुसन्धानबाट खुलेको छ ।



    उनीहरुको साथबाट स्टुडियोबाट प्रमाणपत्र, कम्प्युटर, ल्यापटप, फोन बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइरालाले जानकारी दिए । लिखत सम्बन्धी कसूरमा थप अनुसन्धान गर्न उनीहरूलाई प्रहरी वृत्त, गौशाला पठाइएको एसपी कोइरालाले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार