काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतका सेनापति मनोज पाण्डेले भेटवार्ता गरेका छन् ।
नेपाल भ्रमणमा रहेका जनरल पाण्डेले आज देउवासँग भेटवार्ता गरेका हुन् ।
भेटमा दुई देशबीचको सैन्य सम्बन्धबारे कुराकानी भएको बुझिएको छ । भेटमा नेपालका लागि भारतका राजदूत नविन श्रीवास्तवका अलावा भारतका उच्च सैनिक अधिकृतहरु पनि सहभागी थिए ।
आजै जनरल पाण्डेले नेपाली सेनाका कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया गरेका थिए ।
औपचारिक भ्रमणका क्रममा आइतबार नेपालमा आएका पाण्डे बिहीबार स्वदेश फर्कँदैछन् ।
Leave a Reply