Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • रुसको कब्जामा रहेको युक्रेनी क्षेत्रमा ‘जनमतसंग्रह’ स्थगित

    रुसको कब्जामा रहेको युक्रेनी क्षेत्रमा ‘जनमतसंग्रह’ स्थगित

    अनलाइन नेपाल
  • मंगलबार, २१ भाद्र २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । युक्रेनको दक्षिणी सहर खेर्सोनलाई रुसको भूभागमा गाभ्ने विषयमा हुने भनिएको तथाकथित जनमतसंग्रह स्थगित गरिएको छ ।

    सामरिक दृष्टिकोणले महत्वपूर्ण तथा रुसी नियन्त्रणमा रहेको उक्त क्षेत्रमा सुरक्षाको कारण देखाउँदै तथाकथित जनमतसंग्रह स्थगित गरिएको हो ।



    रुसद्वारा नियुक्त गरिएका खेर्सोनको प्रशासन प्रमुख किरिल स्ट्रेमोउसोभले सुरक्षा परिस्थितिको कारण जनमतसंग्रह रोकिएको पुष्टि गरेका छन् ।



    रुसले जनमतसंग्रह गराउने योजना बनाइएका दक्षिणी क्षेत्रका खेर्सोन र जापोरिझ्यामा अहिले युक्रेनी सेनाले प्रत्याक्रमण सुरु गरेको छ ।

    रुसी सरकारी टेलिभिजनमा बोल्दै स्ट्रेमोउसोभले खेर्सोनको एउटा प्रमुख पुल युक्रेनी आक्रमणमा परेको बताए । उनले गोलाबारुद प्रहार भएपछि एन्तोनोभोस्की पुल गम्भीर रूपमा क्षतिग्रस्त हुन पुगेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार