काठमाडौं । टिकटक बनाउने बहाना बनाएर मोटरसाइकल चोरी गर्ने गिरोहलाई प्रहरीले प्रकाउ परेको छ । पक्राउ पर्नेमा सिन्धुपालचोक मेलम्चि नगरपालिका १०का निसान सापकोटा, रामचन्द्र रावल र सिन्धुपालचोक इन्द्रावती गाउँपालिका ४ टाकुरेका पुस्कर काफ्ले रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलिले गत साउन महिनामा काठमाडौं विभिन्न स्थानबाट चोरी भएका मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेको हो । उपत्यकामा श्रृखला बद्ध मोटरसाइकल चोरी गर्ने गिरोहलाई खोजि गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
चुनिखेलबाट बा.९३प.१४१३ नं.२२० सि.सि.को पल्सर मोटरसाइकल, गोकणेश्वरबाट बा.प्र.०२-०३४ प ३४२५ नं. को १५० सि.सि. को पल्सर, माकलबारीबाट बा.प्र.०२-०३० प ५०८१ नं. को १५० सि.सि.को पल्सर मोटरसाइकल चोरी भएको थियो ।
सो मोटरसाइकल चोरी गर्ने सापकोटा र चोरीको सामान किन्ने काफ्ले र पार्टपुर्जा खोलि बिक्रि बितरण गर्ने रावललाई पक्राउ गरी आवश्यक कारबाहीको लागि प्रहरी बृत बौद्ध पठाइएको बताइएको छ ।
उनीहरुले पठाउ मोटरसाइकल चालकसँग चिनजानगरी सम्बन्ध बनाउने र एकपटक टिकटक बनाउनु छ भन्दै मोटरसाइकल माग्ने र फरार हुने गरेको अनुसन्धानबाट खुलेको छ ।
Leave a Reply