Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अत्याचारको विरुद्ध पार्टीले शसक्त रूपमा आवाज उठाउँछ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले विभिन्न समुदायलाई हुने अत्याचारको विरुद्ध पार्टीले शसक्त रूपमा आवाज उठाउने बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले राज्य प्रणालीमा देखिएका विकृतिविरुद्ध जुध्नुपर्ने आवश्यकता रहेको र त्यसका लागि आफ्ना पार्टी अग्रपंक्तिमा उभिने बताएका हुन्।

उनले महिला हिंसा अन्त्य, गरिबीमा रहेका समुदाय, अल्पसंख्यक लगायतका विषयमा पार्टीको विशेष ध्यान जाने जिकिर गरे।

अध्यक्ष नेपालले पार्टी संगठन मात्रै बनाएर नपुग्ने भन्दै जनतामा चेतना जगाएर आन्दोलन गर्न सक्नुपर्ने धारणा राखे।

उनले वास्तविक कम्युनिष्ट विचार बोकेर हिड्ने आफ्नो मात्रै पार्टी भएको दावी गरे

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077