Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • लिज ट्रस बनिन् बेलायतकी नयाँ प्रधानमन्त्री

    लिज ट्रस बनिन् बेलायतकी नयाँ प्रधानमन्त्री

    अनलाइन नेपाल
  • सोमबार, २० भाद्र २०७९
  • 1.2K
    SHARES

    एजेन्सी । लिज ट्रस संयुक्त अधिराज्य बेलायतको नयाँ प्रधानमन्त्री निर्वाचित भएकी छन् ।

    सोमवार सत्तारूढ कन्जर्भेटिभ पार्टीले घोषणा गरेको परिणामअनुसार ट्रस विजयी भएकी हुन् । उनका प्रतिस्पर्धी पूर्व अर्थमन्त्री ऋषि सुनक हुन् ।



    ट्रसले ८१ हजार ३२६ मत पाएकी छन् भने ऋषि सुनकले ६० हजार ३९९ मत पाए । बहालवाला प्रधानमन्त्री बोरिस जोनसनले गत जुलाई ७ मा पार्टी प्रमुखबाट राजीनामा दिएका थिए ।



    अनेकौं विवादमा घेरिएपछि उनी पदमा बसिरहन सकेनन् । बेलायतमा सत्तारूढ दलका प्रमुख स्वतः प्रधानमन्त्री हुने व्यवस्था छ ।

    नयाँ प्रधानमन्त्री ट्रसलाई बेलायतमा बढ्दो महंगीले निम्त्याएको समस्या सम्हाल्न निकै गाह्रो पर्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार