काठमाडौं । पर्यटनमन्त्री जीवनराम श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेका गरुड सेक्यूरिटीका सुरक्षाकर्मी शेरजंग गुरुङलाई तत्काल थुनामुक्त गर्नुपर्ने माग राखी सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।
शेरजंगकी पत्नी लक्ष्मीले आफ्ना पतिलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा निवेदन दिएकी हुन् ।
कुनै पनि व्यक्तिलाई गैरकानूनी थुनामा राखिएमा पीडित वा परिवारले अदालतमा रिहाका लागि निवेदन दिन पाउछन् ।
बन्दी प्रत्यक्षीकरणको निवेदन भनिने यस्तो मुद्दामा अदालतले तत्काल सुनुवाइ गरी न्यायनिरुपण गर्ने प्रचलन छ ।
लक्ष्मीको निवेदनमाथि मंगलबार प्रारम्भिक सुनुवाइ हुनेछ ।
Leave a Reply