Online Nepal
  • आइतबार, २० असोज २०८१
  • सेञ्चुरी मिस टिन नेपालका लागि २० किशोरी भिड्दै

    सेञ्चुरी मिस टिन नेपालका लागि २० किशोरी भिड्दै

    अनलाइन नेपाल
  • सोमबार, २० भाद्र २०७९
  • 813
    SHARES

    काठमाडौं । सेञ्चुरी मिस टिन नेपालको १८ औं संस्करणको ग्राण्ड फिनाले आगामी असोज ९ गते हुने भएको छ ।

    काठमाडौं जेसीजले सन् २००२ देखि निरन्तर आयोजना गर्दै आएको मिस टिनको फाइनलमा २० जना प्रतिस्पर्धीहरुबीच उपाधि भिडन्त हुनेछ ।



    आयोजक काठमाडौं जेसीजकाले सोमबार राजधानीमा पत्रकार भेटघाटको कार्यक्रम गर्दै प्रतियोगीताको बारेमा जानकारी दिएको हो ।



    कार्यक्रम आयोजक संस्थाका अध्यक्ष अनुप सुनुवारले किशोरीहरुको क्षमता अभिवृद्धि, सामाजिक एवं सांस्कृतिक वृत्ति विकास तथा महिला सशक्तीकरणको लक्ष्यसहित मिस टिन नेपालको आयोजना भइरहेको जानकारी दिए ।

    प्रतियोगिताको अडिसन राउण्डमा सहभागि ५० जनामध्ये २० जना फाइनलका लागि छानिएका हुन् ।

    प्रतियोगीको सहभागीले सेञ्चुरी मिस टिन नेपाल २०२२ को शीर्ष उपाधिका अलवा विभिन्न १२ सब टाइटल जित्न सक्नेछन् ।

    १६ देखि १९ वर्षसम्म किशोरीहरु प्रतिस्पर्धा रहेको मिस टिन नेपालको मुख्य प्रायोजकका रुपमा सेञ्चुरी रहेको छ भने एनआइसी एसिया बैंक बैंकिङ पाटर्नर रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार